एभरेष्ट आर्टको सृजनात्मक देउसी भैलो - JamarkoOnline

एभरेष्ट आर्टको सृजनात्मक देउसी भैलो

 

पथरीशनिश्चरे, ९ कार्तिक
मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा आजबाट नगरका विभिन्न ठाउँमा ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सुरु गरेको छ ।
वडानम्बर ३ को पिपल चोकबाट सुरु हुने कार्यक्रम त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक हुँदै २ नम्वरको बुद्धचोक लगायतका स्थानमा सञ्चालन हुने संस्थाका अध्यक्ष षडानन्द सुवेदी निश्चलले बताए ।
यसका साथै वडा नम्वर १ को पथरी बजार, १० को नयाँमंगलबारे सहित नगरका १ दर्जन ठाउँमा बालन, खैंजडी, कविता, गीत, गजल, मुक्तक, नृत्य सहितको मौलिक देउसी प्रस्तुत हुने पनि उनले जनाए । सर्जक भवानीप्रसाद दुलालको संयोजकत्वमा देउसी भैलो आयोजक समिति गठन गरी कार्यक्रम अघि बढाइएको छ ।

सम्बन्धित खवर