भागिरथमा पनि लिम्बू भाषा पठन पाठन सुरु - JamarkoOnline

भागिरथमा पनि लिम्बू भाषा पठन पाठन सुरु

पथरीशनिश्चरे, १२ असोज
भाषा, लिपि, संरक्षण, सम्बर्द्धन गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे ४ स्थित भागिरथ माध्यामिक विद्यालयमा लिम्बू भाषाको श्रीजंगा लिपी पठन पाठन सुरु भएको छ ।
पथरीशनिश्चरे नगरपालिकासँगको समन्वयमा किरात याक्थुङ चुम्लुङ नगर शाखाले लिम्बू भाषाको आनिपान शिक्षा सुरु गरेको हो । नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा चुम्लुङको तर्फबाट आनिपान पुस्तक वितरण गरिएको छ ।
यस अघि नगरको वडा नम्वर ७ स्थित चन्द्र किरातेश्वर माविमा विगत केही वर्षदेखि सुरु भएको आनिपान शिक्षा कक्षा ६ सम्म सञ्चालनमा छ ।

सम्बन्धित खवर