कोरियाली टोलीको सिमसारमा चासो - JamarkoOnline

कोरियाली टोलीको सिमसारमा चासो

पथरीशनिश्चरे , १२ जेठ
कोरियाली टोलीले मोरङको पथरी शनिश्चरेमा अवस्थित सिमसार क्षेत्रमा चासो देखाउँदै अवलोकन गरेको छ ।
कोरियाली अधिकारी मिस्टर गिलो सङको अगुवाईमा एनके प्यानलका प्रेसिडेन्ट डीएल नेम्वाङ, मेनेजिङ डाइरेक्टर भीम सम्वाहाम्फे सहितको टोलीले आज पथरी शनिश्चरे १ स्थित भूल्के शान्ति सिमसारको अवलोकन गरेको हो । नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रमा दर्जन वढी सिमासार वन्ने क्रममा रहेको जनाउँदै वन सहितको सिमसार पर्यटनले नगरको चिनारी झल्काउन सहयोगीहरुसँग सहकार्यका लागि नगरपालिका तयार रहेको वताए ।
कोरियाको ‘इन्चन’ बजार र पथरीशनिश्चरेबीच भगिनी सम्वन्धको पहलका क्रममा टोली आएको हो । टोलीले नगरको मनोरञ्जन सहितको पर्यटन क्षेत्रको सम्भाव्यता बारेमा अवलोकन गरी त्यहाँको सरकारसँग प्रतिवेदन पेश गर्ने टोली सदस्य भीम सम्वाहाम्फेले जनाए । कोरियाली सरकारको टिमले झापाको शिवसताक्षी नगरपालिकामा भनें एनके प्यानलमार्फत काम सुरु गरेको पनि उनले उल्लेख गरे ।

सम्बन्धित खवर