के हो कुम्भ मेला ? - JamarkoOnline

के हो कुम्भ मेला ?

ः नवराज विष्ट
कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ ्रशास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरु मध्ये ४ कुम्भस्थलहरु भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् जहाँ प्रत्येक १२÷१२ बर्षमा लाग्ने कुम्भ मेला लाग्ने गरेको छ र बाँकी १ कुम्भ मेला नेपालको सुनसरी जिल्लास्थित कोशी नदीको किनार प्राचिन हरिद्वार चतारधाममा हो भन्ने कुरा शास्त्रहरुले मुक्तकण्ठले प्रस्तुत गरेका छन् ्र
शास्त्रीय प्रमाण ः
समुन्द्र मन्थन पछी उत्पन्न अमृतमय कुम्भघडा आफ्नो बनाउन देवता र दैत्यका वीच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भपर्व भनेर बताइएको छ । जस्तै

विष्णुद्वारे तीर्थराजेऽवन्त्यां गोदावरीतटे ।
सुधाविन्दु विनिक्षेपात् कुम्भपर्वे्ति विश्रुतम् ।।१८।।

विष्णुद्वार भारतको हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी साथै गोदावरीतट गरी चार स्थानमा अमृतका विन्दुहरू झरेका हुँदा यी चार स्थानमा पहिलादेखि नै कुम्भ भनेर विख्यात भएको देखिन्छ ।
तर नेपालको प्राचीन हरिद्वार चतराधाममा लाग्ने कुम्भ मेलाको सन्दर्भमा श्रीमद् स्कन्द महापुराणको हिमाद्रिखण्ड अध्याय १२ को श्लोक संख्या ३५ देखि ३८ सम्मकाका श्लोकहरुमा स्पस्ट संग बताइएको छ –
जब भगवान विष्णु मोहिनीरूप धारण गरेर देवताहरूलाई अमृत बाँड्न लाग्नुभएको थियो, कुम्भ घडाको अमृतमा माथिपट्टि ढपक्क छाली “तर “ लागेको थियो । त्यस अमृतको सुन्दरतालाई देखेर मोहिनीरूप भगवानले विचार गर्नुभयो कि यस अमृतको सार “तर” त देवतालाई दिनु हुँदैन । यसलाई अलग्गै राखेर अमृतमात्र बाँड्नु पर्छ ्र त्यस अमृतलाई उनै भगवान् मोहिनीरूप विष्णुले कपडाले छानेर अमृतको तरलाई बाहिर निकालेर एउटा पवित्र स्थानमा राखी ती देवताहरूलाई अमृतपान गराउनु भयो ।

तदा तदमृतं देवस् कृत्वा वस्त्रेण गालितम् ।
पिष्टिं निष्कास्य निक्षिप्य पाययामास तान् सुरान् ।।३५।।
ततस्तु तां सुधापिष्टिं गृहीत्वा त्रिदशास्तथा ।
पिण्डिकृत्य प्रहृष्टास्ते लिंगं चक्रुरनुत्तमम् ।।३६।।
तल्लिंगं स्थापयामासुस्तस्मिन् रुद्राक्षकानने ।
स्थापयित्वा ततो लिंगं पूजयामासुरादरात् ।।३७।।
नाम चक्रे ततस्तस्य पिण्डेश्वर इति प्रभो ।
सुधापिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृत ।।३८।।

त्यसपछि त्यो पहिला नै निकालेर राखेको अमृतको पनि तर या सारलाई लिएर देवताहरूले एउटा पिण्डरूप शिवलिंग बनाए । त्यस अमृतको सारबाट निर्मित शिव– लिंगलाई सबै वनहरूभन्दा सर्वोत्तम वन रुद्राक्षारण्यका मध्यभागमा लगेर स्थापना गरे । त्यस स्थानमा स्थापना गरिएको लिंगरूप अमृतलाई देवताहरू स्वयंले विधि–विधानपूर्वक धूमधामसँग पूजा समेत गरी त्यस अमृतको पिण्डबाट निर्मित शिवलिंगको नामसमेत पिण्डेश्वर भने त्यसै कारण अद्यापि नेपालको पूर्वाञ्चल सुनसरी जिल्लाको धरान नगरपालिका अन्तर्गत पवित्र तीर्थ विजयपुर पर्वतका शिखरमा रुद्राक्षारण्यका बीचभागमा अमृतपिण्डस्वरूप पिण्डेश्वर महादेव विराजमान भएर रहनुभएको सर्व्विदितै छ ।

अब भन्नुहोस् भारतमा कुम्भ लगाउने प्रमाण के हो त ? भन्दा त्यही स्कन्दपुराणको (सुधाविन्दु विनिक्षेपात् अर्थात् अमृतको एक विन्दु झरेको हुँदा नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा कुम्भ मेला भएको देखिन्छभने नेपालको विजय पर्वतमा त केवल अमृतको विन्दु मात्र नभएर स्वयं अमृतकलशमाथि ढपक्क जमेको तर या सारलाई नै पिण्डरूप शिवलिंग बनाएर स्थापना गरेको प्रमाण शास्त्रहरूमा मुक्त कण्ठले वर्णन भएको छ । ल भन्नुहोस्! अमृतको विन्दुको महत्व विशेष हुन्छ कि स्वयं अमृतकै तर या सारको थुप्रोको त ? विज्ञजनहरू आफै निर्णय गर्नुहोस् यसै शास्त्रवचनलाइ प्रमाण मानी कौशिकीतट प्राचीन हरिद्वार चतराधाममा कुम्भ मेला पुनःस्थापना नेपालका जगदगुरु अनन्त श्री विभूषित श्री बालसन्त महाराज श्रीबाट भएको हो ।
स्रोत ः जगत गुरु नेपाल

सम्बन्धित खवर