सृजना पार्कलाई देशकै नमूना बनाइने - JamarkoOnline

सृजना पार्कलाई देशकै नमूना बनाइने

बेलबारी, २२ फागुन
कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मोरङको बेलबारीस्थित भाउन्नेमा निर्माणाधिन मूर्तिकला सहितको सृजना पार्क देशकै नमूना पार्कको सम्भावना बोकेको बताएका छन् ।
मन्त्री ढकालले सृजना सामुदायिक वन भित्र ५० वटा ढुंगामा निर्मित मूर्तिहरु कार्यशाला समापनका अवसरमा बोल्दै सृजना क्षेत्र र पर्यटन प्रवद्र्धनमा वनेको सो पार्कलाई सरकारले सघाउने वचन दिएका छन् ।
स्थानीय धनु याख्खाको अगुवाईमा विदेशका ५ समेतगरी ३६ जना मूर्तिकारहरुको सहभागितामा निर्माण भएका मूर्तिहरुको प्रशंसा गर्दै मन्त्री ढकालले मूर्तिकारहरुलाई सम्मान समेत गरेका छन् । बेलबारी नगरपालिकाले डीपीआर गर्दै त्यसलाई व्यवस्थित पार्क बनाउने योजना बनाएको छ । सो अभियानमा स्थानीय व्यवसायी रघु पुरीले विशेष रुपमा सघाएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का सांसद समेत रहनु भएका मन्त्री ढकाल हिजो र आज आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् ।

सम्बन्धित खवर