जिरिखिम्तीमा फन पार्कको शिलान्यास - JamarkoOnline

जिरिखिम्तीमा फन पार्कको शिलान्यास

पथरीशनिश्चरे, २७ माघ
मोरङ्गको पथरीशनिश्चरे वन तथा सिमसार क्षेत्रबाट पूर्वको आकर्षक पर्यटकीयस्थल वन्ने क्रममा रहेको बेला वडा नम्वर १० को जिरिखिम्तीमा टाइटानिक फन पार्क वन्ने भएको छ ।
विभिन्न सामुदायिक बनले सिमसार संरक्षण सगैँ आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको अवस्थामा कृषा इन्भेष्टमेन्टले जिरिखिम्तीमा टाइटानिक फन पार्क र रिसोर्टको आज शिलान्यास गराएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले त्यसको शिलान्यास गर्ने क्रममा फन पार्क नगरको पर्यटनको आधार वन्ने विचार व्यक्त गरिन् ।
२ बिगाहा क्षेत्रफलमा १० करोड रुपैयाँको लागतमा बन्ने फन पार्क र रिसोर्टले सरकारको पर्यटन हव योजनामा मद्दत पुग्ने र पथरीशनिश्चरेको बेग्लै पहिचान हुने रिसोर्ट्का संचालक जितन कार्कीले बताए ।
कार्कीले सो रिसोर्टमा १५ कठ्ठा क्षेत्रफलमा पोखरी निर्माण गरि विश्व विख्यात टाइटानिक चलचित्रको झल्को दिने संरचना तयार गरिने र सोही संरचना फन पार्क र रिसोर्टको मुख्य आकर्षक हुने उल्लेख गरेका छन् ।
वडा नम्बर १ निवासी व्यवसायी कार्कीको एकल लगानीमा रिसोर्ट निर्माणको शुरूवात गरिए पनि भावी दिनमा ५० प्रतिशतसम्म शेयर लगानीको अवसर अन्य स्थनीयलाई पनि दिने योजना रहेको उनले बताए । १ बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरेर फन पार्क र रिसोर्ट संचालन गर्ने संचालकको योजना छ ।

सम्बन्धित खवर