मोरङ सिमसार प्रर्वद्धन तथा संरक्षण समिति - JamarkoOnline

मोरङ सिमसार प्रर्वद्धन तथा संरक्षण समिति

 

पथरीशनिश्चरे, १६ माघ
मोरङमा सिमसार क्षेत्रको प्रवद्र्धन गरी पर्यटकीय क्षेत्र निर्माणको अभियान स्वरुप ‘मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति’ गठन भएको छ ।
पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक बन तथा सिमसारका प्रतिनिधिहरुको बेलबारीमा सम्पन्न भेलाले त्यहाँस्थित बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा हसिना सिमसार सुन्दरहरैचाका कविराज राई र मावा नुनसरी सामुदायिक बनका दिपेन्द्र थापा, सचिवमा शान्ति सामुदायिक बनका कुलबहादुर गुरुङ, सह सचिवमा ग्रामिण सुधार सामुदायिक बनका सुनिता तामाङ र कोषाध्यक्षमा अमना सिसोली बेलबारीका शर्मिला मगर चयन भएका छन् । त्यसबाहेक मोरङका विभिन्न पर्यटकीय स्थल तथा सम्भावना भएका क्षेत्रका प्रतिनिधिहरु सदस्यमा चयन भएका छन् ।
पर्यटकीय सम्भावनाको अध्ययन गरी ती क्षेत्रहरुको थप बिकास र सम्बद्र्धनमा काम गर्ने उद्धेश्यका साथ समिति गठन गरिएको अध्यक्ष बस्नेतले बताए ।

 

सम्बन्धित खवर