- JamarkoOnline

ज्यानुअरी १ मा विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ। नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको छ।

नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।

टोपी मात्र नभएर दौरा-सुरुवाल जस्ता पोशाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ।

शौका समुदायको पहिरन

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २0७0 सालदेखि ‘टोपी दिवस’ मनाउन थालेका हुन्।

एउटा अभियानका रूपमा ‘टोपी दिवस’ शुरू भए पनि सामाजिक सञ्जालबाट भएको प्रचारका कारण यसले बिस्तारै दिवसकै रूपमा निरन्तरता पाउन थालेको देखिन्छ।

सामाजिक सञ्जाल बाहिर पनि

‘टोपी दिवस’ लाई निरन्तरता दिने क्रममा काठमाण्डूमा मङ्गलवार छैटौँ राष्ट्रिय पोशाक दिवस २०७५ मनाइयो।

राष्ट्रिय पोशाक संरक्षण महा-अभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महा-अभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाए।

कार्यक्रममा विषेशत: युवायुवती परम्परागत पोशाकमा सजिएका थिए।

महिला, पुरुष प्रायः सबैको शिरमा ढाका र भादगाउँले टोपी थियो भने हातमा “मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान” जस्ता नारा लेखिएका प्लेकार्ड लिएका थिए।

कार्यक्रममा सहभागीमध्ये अधिकांशका हातमा राष्ट्रिय झण्डा थियो। टोपी दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्नेमध्ये प्रायः सबैले यसलाई नेपाली कला, संस्कृति र मौलिकता जोगाउने अभियानका रूपमा लिने गरेका छन्।

कतिपयले भने उक्त दिवसलाई पश्चिमा पर्वमा रमाउनुभन्दा सो अवसरलाई नेपाली शैलीमा रूपान्तरण गरेर मनाउने गरिएको पहलका रूपमा बुझेको पाइन्छ।

 

केहीले भने उक्त दिवसको नाम परिवर्तन गरिए राम्रो हुने तर्क गरेका छन्।

ट्विटरमा अनार्य नाम राखेका एकजना प्रयोगकर्ता लेख्छन्।

सम्बन्धित खवर